• फोन न. : +९७७-०१-४४५५६
  • ठेगाना : विरेन्द्रनगर - १२, सुर्खेत नेपाल

विद्यालयको परिचय

- ऐतिहासिक पृष्ठभूमि

मध्य पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वार्ड नं ११ र १२ ¬(नेवारे¸चनौटे) को वीचमा अवस्थित यस विद्यालयको ऐतिहासिक पृष्ठभूमिलाइ सङ्क्षिप्त चर्चा गर्दा तत्कालीन समाजको शैक्षिक अवस्थालाई नियाल्नु पर्ने हुन्छ ।

देशमा निरङकुस राणा शासनको अन्त्य भई प्रजातन्त्रको स्थापना संगै शिक्षाको ज्योति वाल्ने काममा समाज क्रियाशील बन्दै गएको हो । सुर्खेत जिल्लाको शैक्षिक इतिहासको ढोका उघार्दा सुर्खेति शिक्षाप्रेमीहरुले २००६ सालको दशै अगाडि तत्कालीन प्रधानमन्त्री मोहन समशेर समक्ष गोठीकाँडामा एउटा भाषा पाठशालाको माग गरी मालअड्डा मार्फत पठाएको निवेदन अस्वीकृत भए पछी गोठीकाँडाको एउटा रुखमुनि स्थानीय स्तरबाट पठनपाठन सुरु भएको हो । प्रजातन्त्रको स्थापना संगै २००८ सालमा गुमीको पण्डितकाल्ना¸मेहेलीको खलाकाटे (हालको गर्पन गाविस वडा नं १) र तेलपानीमा गरी ३ वटा प्राथमिक विद् यालय (१-५) कक्षा र गोठीकाँडामा पव्लिक मिडिल स्कुल (कक्षा १- ८¸ २००८ चैत्र १४ गते) स्वीकृत भई सञ्चालन भएका हुन् । यी विद्यालयको स्वीकृति र संचालन भएको प्रेरणा स्वरुप जिल्लका अन्य बस्ती र समुदायमा पठन पाठनको व्यवस्था मिलाउने क्रममा तत्कालीन जर्वुटा गाँउ पनि प्रभावित भएको देखिन्छ । हाल सम्म प्राप्त ऐतिहाँसिक दस्तावेजका आधारमा घर गोठमा शिक्षा दिने गरेको सन्दर्भमा २०१४ साल जेष्ठ १७ गते जर्वुटाका तत्कालीन समाजसेवि जमिनदार (जि) टोपबहादुर खड्काले प्लेस मेन्ट अफिसर स्कुल इन्स्पेक्टर म्यानेजर श्यामशुन्दर समक्ष जर्वुटाको वोरीपानीको चौरमा १५ कठ्ठा जमिनमा विद्यालय भवन निर्माण गरिएको र त्यसमा त्यस गाँउका ३०० घर धुरीका ४५ जना बालबालिका रहेको व्यहोरा दर्शाई विद्यालय स्वीकृतिको माग फाराम पेश गर्नु भएको हो । प्लेसमेन्ट अफिसर स्याम सुन्दरले पनि विद् यालयको स्थलगत सम्भाव्यता अध्ययन गरी वार्षिक रु ६०० स्थानीए स्तरबाट रुकम सङ्कलन गर्नुपर्ने सुझाव दिएका हुन । यसरी हेर्दा हालको अमरज्योति नमुना उमावि नेवारे¸ चनौटेको सञ्चालन २०१४ पुर्वतिरबाटै भएको बुझिन्छ । यही क्रममा जर्वुटाको ढावमा स्व.पदमबहादुर खड्का¸जर्वुटा गाँउकै कुलप्रसाद पौडेल र गरगरे गाँउमा परशुराम पौडेलले छुट्ठा छुट्ठै सञ्चालन गरेका विद्यालयहरुलाई गाभेर स्थानिय शिक्षाप्रेमिहरुको सक्रिए र भारतिय भूपु सैनिक वोर्ड (District Soldier's Board.) को सहायतामा २०१७ साल भाद्र १५ गते श्री सरस्वती प्रावि जर्वुटाको नामबाट यो विद्यालय अस्तित्वमा आएको हो ।


- भौगोलिक अवस्था

सुर्खेत जिल्ला वीरेन्द्रनगर वडा नं ११ र १२ अन्तर्गत १२ नं खोरिया देखि दक्षिण वीनपा ८ इत्राम खोला देखि पुर्व पिपिरा चौक देखि वुल्वुले चौक सम्मको रत्नराजमार्ग देखि उत्तर सुर्खेत विमान्स्थलको १०० मिटर उत्तर तर्फ चनौटे को करिव ०– ११– १८– ४ क्षेत्रफल जग्गामा अव्वस्थित यो विद्यालय २८0 ३५' ३१" उत्तरी अक्षांस र ८१० ३८' १८" पुर्वि देशान्तर र समुद्रि सतह देखि २२३५ फिट (६८१ मिटर) उचाइमा रहेको छ । पूर्वमा श्री नेपाल राष्ट्रिय उमावि गाग्रेताल रहेको छ भने उत्तर तर्फ नेपाल राष्ट्रिय उमावि करैखोला त्यसै गरी उत्तर तर्फनै श्री जनता प्रावि खोरिया¸उत्तर पश्चिम चर्फ सरस्वति प्रावि चनौटे¸श्री हस्तविर समुदायीक प्रावि चनौटे र दक्षीण तर्फ गंगामाला निमावि खजुरा¸ जनजागृत प्रावि पदमपुर रहेका छन । हाम्रो सेवा क्षेत्रका सेवा क्षेत्रका बस्ति तथा टोलबाट र छिमेकि विद्यालयहरुबाट विद्यालय आइपुग्न क्रमस श्री नेराउमावि गाग्रेताल बाट २० मिनेट करैखालाबाट ३० मिनेट खोरियाबाट २५ मिनेट चनौटैबाट १५ मिनेट पदमपुर र खजुराबाट २० मिनेट लाग्दछ । यस सेवाक्षेत्र भित्र कुनै प्राकृतिक अवरोध रहेको छैन । यस जिल्लाको सदरमुकाम वीरेन्द्रनगरबट विद्यालय आइपुग्न पैदल करिव ३० मिनेट पैदल र १० मिनेट सवारी साधनवाट लाग्दछ ।


- विद्यालय समुदायको बनोट

२०६८ को तथ्याङक अनुसार यस विद् यालयको सेवा क्षेत्र वीरेन्द्रनगर नगरपालीका वडा नं १०¸११ र १२ को कुल जन संङख्या १२२०६ मध्य ६२७९ पुरुष र ५९२७ महिला तथा ३१३२ घरधुरी रहेका छन । यसरी विद्यालयको सेवाक्षेत्र भित्र ब्राह्रमण¸क्षेत्रि¸चौधरी¸मुस्लिम¸मगर¸दलित आदि प्रमुख जातिहरु रहेका छन । यि मध्य यस विद्यालयको सेवाक्षेत्र भित्र वसोवास गर्ने जातजातिमा ब्राम्हमण र क्षेत्रिको बाहुल्यता रहेको छ भने त्यस पछि मगर र त्यस पछी अन्य जातजाति रहेका छन । यसको सेवाक्षेत्रमा वसोवास गर्ने वासिन्दाको मुख्य भाषा नेपाली रहेको र मातृ भाषा आफ्नो परिवारमा सिमित रहेको छ । अधिकांसले हिन्दु धर्म मान्दछन भने केहिले इस्लाम¸इसाइ र वौद्ध धर्म पनि मान्दछन । यसरि विविध धर्म भाषाका मानिसको वस्ति भएतापनि यिनिहरुको वीच आपसी सद्भावना र सहिष्णुता रहेको छ । यहाँका मानिसहरुको मुख्य पेसा कृषि¸व्यापार¸ ज्याला मजदुरी तथा नोकरी रहेको छ ।


Teachers

अध्यक्ष

Lorem ipsum dolor sit amet consectetur adipisicing elit. Quod tenetur quos praesentium autem tempore ipsam, animi voluptates aut veniam! Fugiat aspernatur, ex quis aperiam voluptas praesentium optio, voluptatum repellat nihil, perspiciatis iste fugit eum provident labore rem est sunt totam. Lorem ipsum dolor sit amet consectetur adipisicing elit. Quod tenetur quos praesentium autem tempore ipsam, animi voluptates aut veniam! Fugiat aspernatur, ex quis aperiam voluptas praesentium optio, voluptatum repellat nihil, perspiciatis iste fugit eum provident labore rem est sunt totam.

Lorem ipsum dolor sit amet consectetur adipisicing elit. Quod tenetur quos praesentium autem tempore ipsam, animi voluptates aut veniam! Fugiat aspernatur, ex quis aperiam voluptas praesentium optio, voluptatum repellat nihil, perspiciatis iste fugit eum provident labore rem est sunt totam. Lorem ipsum dolor sit amet consectetur adipisicing elit. Quod tenetur quos praesentium autem tempore ipsam, animi voluptates aut veniam! Fugiat aspernatur, ex quis aperiam voluptas praesentium optio, voluptatum repellat nihil, perspiciatis iste fugit eum provident labore rem est sunt totam.